arrow

कर्नाटकमा कंग्रेसको बहुमत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
indian-congress.jpeg

काठमाडौं ।  कर्नाटक विधानसभा चुनावमा भारतीय कङग्रेस (कंग्रेसआई)ले बहुमत पाएको छ । कर्नाटकमा कंग्रेसले १३६ सिट जितेको छ  । विगत ३४ वर्षमा कर्नाटकमा कांग्रेसको यो सबैभन्दा ठूलो जित हो। कर्नाटकमा कांग्रेसले २२४ सिटमध्ये १३६ सिट जितेको हो । यहाँ बहुमतका लागि ११३ सिट आवश्यक हुन्छ ।  

निर्वाचन आयोगले दिएको पछिल्लो अपडेटअनुसार भारतीय जनता पार्टी (भाजपा) ले ६५ सिट जितेको छ ।  यसअघि सन् १९८९ मा कांग्रेसले १७८ सिट जितेको थियो भने भाजपाले ४ सिट मात्रै पाएको थियो । यो जितसँगै दक्षिणी राज्य (कर्नाटक, केरला, तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु) मा अब कंग्रेसको सरकार बन्ने छ।

भारी समर्थन देखिएपछि कंग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रीय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ । कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ बजेदेखि शुरू भएको थियो ।  राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र कंग्रेस दुवैका लागि महत्त्वपूर्ण मानिए पनि कंग्रेसले आफ्नो पोल्टामा पारेको छ  ।

५ महिनाअघि हिमाचलमा पनि कांग्रेसले भाजपालाई पराजित गरेको थियो । मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा यसै वर्षको अन्त्यसम्ममा चुनाव हुँदै छ। २०१८ मा कांग्रेसले यी तीन वटै राज्य जितेको थियो। तर, पछि विधायकको हेराफेरीका कारण मध्य प्रदेशमा भाजपाले सरकार बनायो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ