arrow

चट्याङका घाइतेको उद्धार भएन, प्रतिकुल मौसमले हेलिकोप्टर फर्कियो

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० जेठ १ सोमबार
helicopter-army-2080.jpg

दार्चुला । शनिबार राति व्याँस गाउँपालिका–२ हुम्दुङतीमा चट्याङ लागेर घाइते भएका यार्सा संकलकको उद्धारमा गएको हेलिकोप्टर प्रतिकुल मौसमका कारण उद्धार गर्न नसकी फर्किएको छ । 

सोमबार दिउँसो घाइतेहरुको उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर मौसम प्रतिकुलताका कारण जिल्ला सदरमुकाम खलंगा फिर्ता भएको हो । शनिबार राति ८ बजेतिर परेको चट्याङले जिल्लाको दुहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका वडा नम्बर १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उहाँकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए । 

उनीहरु आज हुम्दुङती भन्दा ४ किलोमिटर तल आएको बताइएको छ । मौसम प्रतिकुलताका कारण हेलिकोप्टर घटनास्थल जान नसकी फर्किएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । 

फर्किएको हेलिकोप्टर जिल्लास्थित गुरुगोरख गुल्ममा रहेको तथा सम्भव भए आजै नभए मंगलबार बिहान पुनः उद्धारका लागि घटनास्थलतर्फ पठाइने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ