arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

प्रहरीको अनुसन्धानका बेला महान्यायाधिवक्ता कार्यालयको अस्वभाविक सक्रियता किन ? – अजयबाबु शिवाकोटी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
ajaya-babu-shiwakoti.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा कमजोर पार्न अनेक खेल भइरहेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । उनले प्रहरीको अनुसन्धान जारी रहेकै बेलामा सरकारी वकिलको कार्यालयको अस्वभाविक सक्रियताप्रति आपत्ति जनाएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत शिवाकोटीले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई चाँडो अनुसन्धान टुंग्याउन सरकारी वकिल कार्यालयले दिएको दबाब कसको स्वार्थमा आएको बुझ्न गाह्रो छैन’ भनी आपत्ति जनाएका हुन् । 

उनले लेखेका छन्, ‘सरकारवादी मुद्धाको बहुसंख्यक मुद्धा सरकारी वकिलहरुले ‘कम्प्रोमाइज’ गरेकै कारण पीडितहरूले मुद्धा हार्दै आएका छन् । राज्य विरूद्धको अपराध, मानव बेचविखन तथा ओसारपसार, संगठित अपराध, ठगी, सरकारी कागजात कीर्ते लगायतका अपराध आकर्षित हुने नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई चाँडो अनुसन्धान टुंग्याउन सरकारी वकिल कार्यालयले दिएको दबाब कसको स्वार्थमा आएको बुझ्न गाह्रो छैन ।’ 

उनले महान्यायाधीवक्ताको कार्यालयको नियतमाथि पनि गम्भीर प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘भ्रष्टाचारको यो जालो तोड्न सरकारी वकिलहरु परिचालन गर्ने महान्यायाधिवक्ता कार्यालयको धारणा के हो ? कि भागशान्तीमै चित्त बुझाउने बानी परिसक्यो ?’

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी अगाडि लेख्छन्, ‘हैन भने प्रहरीको अनुसन्धान जारी रहेकै बेला सरकारी वकिल कार्यालयले अस्वभाविक सक्रियता देखाउँदै चॉंडो फाइल बुझाउन आदेश गर्नुको आशय के हो ? महान्यायाधिवक्ता र उनको कार्यालयले प्रष्ट पारोस् ।’

शिवाकोटीले सबैलाई आह्वान गर्दै भन्छन्, ‘अदालतमा मुद्धा पेश गर्ने अधिकार पाएको सरकारी वकिल कार्यालयलाई मुद्धा कमजोर बनाउन नदिन आ–आफ्नो ठाउँबाट दबाब दिऊँ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् । दुई जना अझै फरार छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ