arrow

सिंहदरबारमा सत्ता साझेदार दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
gathabandhan-2080-01-23.jpg

काठमाडौं । सरकारमा आबद्ध दलहरूको बैठक आज बस्ने भएको छ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सत्ता साझेदार दलको बैठक बस्दै छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज १० दलीय दलहरूको बैठक बोलाएका हुन्। दिउँसो साढे २ बजे बस्ने बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल हुने बताइएको छ । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते बजेट ल्याउने तयारी गरेको छ।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी,राष्ट्रिय जनमोर्चा,नेपाल समाजवादी पार्टी,आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ