arrow

ट्राफिक कारबाहीबाट नवलपुरमा दुई करोड बढी राजस्व

logo
सन्जय भट्टराई
प्रकाशित २०८० जेठ २ मंगलबार
250px-Nawalpur_District.png

कावासोती । चालु आर्थिक वर्षको १० महिनामा ट्राफिक कारबाहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दुई करोड बढी राजस्व संकलन गरेको छ ।

चालु आवको बैशाख मसान्तसम्म ३६ हजार ३ सय वटा सवारी नियम मिच्ने सवारी साधनहरुलाई गरेको कार्वाहीबाट २ करोड १४ लाख ६० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चालु आवको दश महिनामा सबैभन्दा धेरै बैशाख महिनामा ४ हजार ५० वटा सवारी कारबाहीबाट ३५ लाख १९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो । गत आव २०७८–२०७९ मा ३१ हजार १सय ९३ वटा सवारी साधनलाई गरिएको कारबाहीबाट २ करोड ११ लाख ८१ हजार ५ सय राजस्व संकलन भएकोमा चालु आवको १० महिनामा गत आवको भन्दा २ लाख ७८ हजार ५ सय रुपैयाँ बढी राजस्व संकलन भैसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सवारी दर्ता, नामसरी, सवारी चालक अनुमतिपत्र नभएका तथा अनुमतिपत्र नविकरण नगर्ने चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ट्राफिक नियम पालनमा कडाइ गर्न थालेपछि राजश्व बढ्दै गएको तथा सवारी दुर्घटनाका घटना न्यूनीकरण हुँदै गएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नियम मिच्ने सवारी साधनहरुको संख्या बढ्दै गएको ट्राफिक प्रहरीको तथ्यांकले देखाए पनि सचेतनामूलक कार्यक्रमहरु सन्चालन गरिँदै आएकाले क्रमिक रुपमा नियम मिच्ने सवारी साधनहरुको संख्या घट्दै जाने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ