arrow

घट्यो सार्वजनिक यातायातको भाडा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
hetauda-vehicles.jpg
तस्बिर – फाइल ।

काठमाडौं । डिजेलको मूल्य घटेसँगै लामो दूरीका सवारीसाधनको भाडामा मूल्य पनि घटेको छ । यातायात व्यवस्था विभागतका अनुसार जेठ २ गते रातिबाट डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार घटाइएको हो ।

यात्रुवाहक सवारीमा ३.२ प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको यातायाता ब्यवस्था बिभागले जनाएको छ । 

नेपाल आयल निगमले गए मध्यरातिबाट लागू हुने गरी डिजेल र मट्टितलको मुल्य घटाएको थियो ।  निगमका अनुसार डिजेल र मट्टितेलको १० रुपैयाँ मुल्य घटेको छ । 

इन्डियन आयाल कर्पोरेशन (आईओसी) ले हिजोदेखि लागू हुने गरी मुल्य घटेर आएको भन्दै आयल निगमले डिजेल र मट्टितेलको मुल्य घटाएर १५५ रुपैयाँ कायम गराएको हो । यसअघि डिजेल र मट्टितेलको खुद्रा मुल्य १६५ रुपैयाँ रहेको थियो । 

 तर, ‘पेट्रोल, हवाई इन्धन, एलपी ग्याँसको खुद्रा मुल्य भने हाललाई यथावत नै राखिएको’ निगमले जनाएको छ । 

जसअनुसार पेट्रोल १७५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) १६० रुपैयाँ, हवाई इन्धन (बाहय) १.३५ अमेरिकी डलर, एलपी ग्याँस १८ सय रुपैयाँ कायमै रहेको निगमले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ