arrow

गृहमन्त्री श्रेष्ठको दृढताः नक्कली शरणार्थी बनाउनेलाई छुट दिन सकिँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
narayankaji-shrestha-maobadi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । उप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् । 
 
नेकपा एकीकृत समाजवादीका मोर्चा सङ्गठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडालगायतको प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै उनले दोषी नउम्कने, निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको बताए । 
 
एकीकृत समाजवादीले यस प्रकरणमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकामा सरकारलाई धन्यवाद दिएको छ । 

विगतका धेरै भ्रष्टाचार विषय बीचैमा सामसुम पारिएको हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलेमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न समाजवादीले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

मानव अधिकार तथा शान्ति समाजले पनि आजै उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । समाजले नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीलाई कारबाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ