arrow

शंकर पोखरेलले भने- लडाकु शिविर घोटाला राज्य माथिको खुलेआम डकैती हो

लडाकुहरूलाई ३२-३३ हजार पुर्‍याएको कुराको अडियोमा अझै सुरक्षित छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
shankar-pokh.jpg

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी लडाकु शिविरमा भएको घोटाला राज्य माथिको खुलेआम लुट र डकैती भएको बताएका छन् । पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लुकेर गरेको भए भ्रष्टाचार र अनियमितता हुने भन्दै त्यो खुलेआम भएकाले लुट र डकैती भएको बताएका हुन् । 

 माओवादी लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेका लडाकुहरूलाई ३२-३३ हजार पुर्‍याएको कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैँले बोलेको अडियोमा रहेको र त्यो सामाजिक सञ्जालमा सुरक्षित रहेको उनले बताएका छन् । 'लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेका लडाकुहरूलाई ३२-३३ हजार पुर्‍याएको कुरा प्रचण्ड आफैले हुङ्कारका साथ बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित छ।' उनले भनेका छन्।

वास्तविक लडाकु ७-८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरू बाँकीलाई वाईसीयलका रूपमा राजनीतिक रूपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएको उनले बताए । अनमिनले प्रमाणीकरण गरेकाहरूमध्ये धेरैजसो समायोजनमा नगएर स्वैच्छिक अवकाश रोजेर राज्यबाट ठुलो रकम प्राप्त गरेको समेत उनले खुलाएका छन् । उनले लेखेका छन्,' शिविरमा रहेकाहरूले बुझ्ने गरेको भत्ताको चेक उनीहरूका कमाण्डरले खोरेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरू धेरैले धेरै पटक उठाउँदै आएको कुरा हो। अनमिनले प्रमाणीकरण गरेकाहरू मध्ये धेरैजसो समायोजनमा नगएर स्वैच्छिक अवकाश रोजेर राज्यबाट ठुलो रकम प्राप्त गरेकै हुन्।'

यी सबै कुरा खोजिगर्दा लुक्न नसक्ने उनले बताए । ,' यी सबै तथ्यहरूबाट राज्यले कति अनुचित आर्थिक भार बोक्नु पर्‍यो र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरूका कमाण्डरहरुले लुटे र ककसलाई बुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन । 

उनले घोटाला काण्ड राज्य माथिको खुलेआम लुट र डकैती थियो भन्दै त्यस बेलाका सुप्रीमो प्रचण्ड शिविरमा कुनै भ्रष्टाचार भएको छैन भन्ने हुङ्कार दिइरहेको उल्लेख गरेका छन् । उनी लेख्छन्,' तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुङ्कार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन । हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रीमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ? तर पनि नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहँदै आएका छन् । सत्य यही हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ