arrow

एनसेलको माई प्लान : सेवाको आवश्यकता अनुसार आफै बन्डल प्याक बनाउन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
ncell-logo-2079.jpg

काठमाडौँ। एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरू प्रयोग गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान सञ्चालनमा ल्याएको छ । यस विशेष प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफै बनाएर सेवा लिन सक्छन्।

ग्राहक आफैले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा सञ्चालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो । इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेस सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन् । माई प्लानमा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुई वटा विकल्पहरू रहेका छन् । ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक बनाउन सक्छन्।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्छन् । माई प्लान ५०० को कर सहित रु ५०० पर्दछ र यसमा ग्राहकले रु ५०० बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफै बनाउन सक्छन् । त्यस्तै फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले रु ५०० भन्दा बढी मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्छन्।

यसका साथै प्लानमा पाइने सेवाहरू बाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म प्रयोग गर्न सकिन्छ।

माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन् त्यसै अनुरूप प्लानको मूल्य तय हुन्छ र सेवाहरू पनि तुलनात्मक रूपमा अझै सुलभ बन्छ । माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीवी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बण्डल प्याक बनाउन सक्छन् ।

एनसेल एपबाटै सजिलै लिन सकिने यो विशेष सुविधाले कर्पोरेट ग्राहकहरू ठूलो महत्त्व राख्दछ । एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माई प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरूपको आफ्नो प्याक बनाउन सक्छन् ।

उदाहरणको लागि ग्राहकले रु ३०० बराबरको डेटा, रु १५० बराबरको अफ नेट र अन नेट कल र रु ५० बराबरको एसएमएस सेवा सहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन् । यो प्याक ३० दिनको समय चक्रमा सञ्चालन हुने हुँदा आउट गोइङ् सेवामा अवरोध नआवस् भन्नका निमित्त ३० लिन अगावै आफ्नो शुल्क तिर्नु पर्दछ।

३० दिनको समय अघि नै माई प्लानका सेवाहरूको प्रयोग गरी सकिएको अवस्थामा ग्राहकले पेएजयूगो अन्तर्गत विद्यमान शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ