arrow

एनसेलको सहकार्यमा जलवायु परिवर्तन सम्बन्धी शेप साउथ एसिया २०२३ आयोजना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
ncell-logo-2079.jpg

काठमाडौँ। ग्लोबल शेपर्स कम्युनिटी काठमाडौँले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा यही जेठ ५ गते देखि ७ गते सम्म काठमाडौँमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन शेप साउथ एसिया २०२३ आयोजना गर्ने भएको छ।

यस तीन दिने सम्मेलनमा दक्षिण एसिया र अन्य देशहरू गरी १४ देशका १२० भन्दा बढी युवाहरू ‘शेपिङ् क्लाइमेट रेजिलियन्सी टुवार्डस् अ ग्रेट हिमालयन फ्युचर फर अल’ भन्ने थिमका साथ यो सम्मेलनमा भेला हुँदै छन् । सहभागीहरूले जलवायु परिवर्तनका प्रतिकुल प्रभाव न्यूनीकरणका नवीन र लागु गर्न सकिने विभिन्न समाधानका उपायहरू प्रस्तुत गर्नेछन् ।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने युवा तथा सङ्गठनहरूको आवाजलाई एकै ठाउँमा समेट्न, देशको विभिन्न ठाउँमा वातावरण सम्बन्धी गर्न सकिने कार्यहरूको विकास गर्न र जलवायु परिवर्तनको समस्याको समाधानका लागि निजी क्षेत्रबाट प्रतिबद्धता हस्ताक्षर जस्ता विभिन्न कार्यहरू सुरुवात गर्ने गरी शेप साउथ एसिया २०२३ सम्मेलनको आयोजना गर्न लागिएको हो । यस कार्यक्रममा सहभागी राष्ट्रका शेर्पसहरुले आ–आफ्नो पाटोबाट अर्बन पोलिटिक्स देखि उद्यमशीलतालगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका बारेमा छलफल गर्नेछन्।

ग्लोबल शेपर्स कम्युनिटी काठमाडौँ   क्युरेटर सौरभ शाहले यस कार्यक्रमको बारे आफ्नो उत्साह व्यक्त गदै भने, “शेप साउथ एसिया जलवायु परिवर्तन सम्बन्धी कार्य गर्न क्षेत्रीय स्तरमा सुरु भएको युवाहरूको सामूहिक पहल हो । काठमाडौँमा हुने यो कार्यक्रम मार्फत हामी विभिन्न देशका युवाहरूको संयुक्त पहलमा एड्भोकेसी पेपर तयार पार्ने छौ र दक्षिण एसियामा जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न नेपालका निजी क्षेत्रको प्रतिबद्धता लिएर एक मार्गचित्र तयार पार्ने छौ ।”

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत जलवायु परिवर्तनको समस्या समाधानमा सहयोग गर्ने उद्देश्य अनुरूप प्रमुख सहयोगीको रूपमा शेप साउथ एसिया २०२३ मा आबद्ध भएको छ । एनसेलका कार्यकारी प्रमुख जाब्बोर कायुमोभले भने, “आजियाटा ग्रुपको इन्भारोमेन्टल, सोसाइटी एन्ड गभरनेन्स (ईएसजी) फ्रेमवर्कमा रही वातावरण, समाज र सुशासनअन्तर्गत दीर्घकालीन र प्रभावकारी सामाजिक कार्यहरू गर्न एनसेल तत्पर रहेको छ । जलवायु परिवर्तनका प्रतिकुल प्रभावहरू न्यूनीकरणको लागि सामूहिक प्रयासका रूपमा हुन गइरहेको यस महत्त्वपूर्ण सम्मेलनमा ग्लोबल शेपर्स कम्युनिटी काठमाडौँसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौँ ।”

यस सम्मेलनका लागि ग्लोबल शेपर्स कम्युनिटी काठमाडौँले निजी क्षेत्र, उद्योग व्यवसाय, स्थानीय तथा विदेशी संस्थाहरूसँग सहकार्य गरेको छ । प्रमुख सहयोगीहरूमा एनसेल, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन  (एसडिसि), सेक्युरिटीपाल, कोकाकोला ग्लोबल, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड), नबिल बैङ्क आदि रहेका छन् । यस कार्यक्रमको प्राविधिक सहयोगीमा क्लाईमेट रियालिटी टिम र योङ् ग्लोबल लिडर्स नेपाल रहेको छ ।

ग्लोबल शेपर्स कम्युनिटी, वल्र्ड इकोनोमिक फोरम (डब्लुइएफ) अन्तर्गत विभिन्न क्षेत्रमा आधारित  युवाहरूको पहल स्वरूप स्थापना भएको कम्युनिटी हो  र यसमा आबद्ध ४५० भन्दा बढी कम्युनिटी हबले विश्व भरी विभिन्न प्रभावकारी कार्यहरू गदै आएको छ ।  शेप साउथ एसिया २०२३ दक्षिण एसियामा रहेका शेपर्सकालागि ग्लोबल कम्युनिटीको सहयोगमा आयोजना गरिएको क्षेत्रीय कार्यक्रम हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ