arrow

अब भारतमा दुई हजारको नोटमा पनि प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
2000-note-ic.jpg

काठमाडौं । भारत सरकारले दुई हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ । यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन शुरु गरेको थियो । 

सो नोट चलाउन शुरु गरेको ७ वर्षमा नै फेरि २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो । भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिँदै अब दुई हजारका नोट बजारमा आउने छैनन् । 

बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने दुई हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन । 

रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।

रिजर्भ बैंकले दुई हजारको नोट साट्नका लागि २३ मेदेखि ३० सेप्टेम्बरसम्मको समय दिएको हो । 

एक पटकमा बढीमा १० नोट अर्थात् २० हजार रुपैयाँमात्र साट्न पाइने छ । तर नोट जम्मा गर्न भने कुनै सीमा तोकिएको छैन । 

रिजर्भ बैंकले सन् २०१८–१९ देखि दुई हजारका नयाँ नोट छाप्न बन्द गरिसकेको थियो । 

मोदी सरकारले सेप्टेम्बर ३० पछि पनि पैसा बैंकमा जम्मा गर्नका लागि रोक भने नलगाइएको जनाएको छ । ताकि सबैले बैंकमा रकम जम्मा गरुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ