arrow

डेढ करोड बढी हिनामिना गरेको आरोपमा एभरेष्ट बैंकका नौ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
everest-bank-logo.jpg

काठमाडौं । प्रहरीले एभरेष्ट बैंक सुनसरी शाखाका शाखा प्रमुखसहित ९ जनालाई पक्राउ गरेको छ । ग्राहकको पैसा हिनामिना गरेको आरोपमा सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा जिल्ला प्रहरी सुनसरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो । 

प्रहरीका अनुसार इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय विश्वराज शाक्यलाईसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएकाहो । एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको उजुरी परेको छ । 

पक्राउ पर्नेमा बैंकको गाइघाट शाखाका अप्रेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ट सहायकहरू भोजपुर सडानन्द नगरपालिका ९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी ७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र टेलर इटहरी २ की ३० वर्षीय पवित्रा कटवाल रहेका छन् । 

डीएसपी राईका अनुसार बैंकका कर्चारीले बैंकको कम्प्युटर आईडी र पासवर्डको दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत् बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेका देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ