arrow

सोबिता गौतमले गरिन् नीति तथा कार्यक्रममा यस्तो संशोधन प्रस्ताव [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
sobita-gautam-kathmandu-2-rsp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सोबिता गौतमले सरकारको  नीति तथा कार्यक्रममा महत्वाकांक्षी योजनाहरु धेरै रहेको बताएकी छिन् । 

संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले राम्रासँगै धेरै महत्वाकांक्षी कार्यक्रम रहेको बताइन् । उनले यसो हुनुमा पुराना शब्दहरुलाई फेरबदल गर्ने र तिनै पुराना कुराहरुलाई दोहोर्याउने हाम्रो संस्कृति बनिसकेको बताइन् । 

उनले संशोधन प्रस्ताव गर्ने क्रममा भनिन्, ‘बुँदा नम्बर ३२ मा रहेको रैथाने बाली, बिउबिजन, नष्ल र कृषि तथा पशुपंक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समुदायलाई प्रोृत्साहन गरिने छ भनेर लेखिएको छ । यसमा मैले संशोधन गर्न चाहन्छु स्थानीय तह र समूहलाई प्रोत्साहन हैन स्रोत दिएर स्थानीय तह र समूहहरुलाई जिम्मेवार बनाइनु पर्छ भन्ने एउटा संशोधन राखेको छु ।’

उनले अर्को संशोधनबारे भनिन्, ‘त्यस्तै बुँदा नम्बर ३३ मा कृषि पशुपंक्षी र खाद्य सम्बन्धी प्रयोगशालाका कुराहरु गरिएको छ । त्यहाँ अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गर्ने कुराहरु पनि गरिएको छ । यसमा मैले थप्ने भनेको छु । जस्तो कृषि पशुपंक्षी र खाद्यसम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गरी त्यस्ता बस्तुहरुको वसारपसार हुने सबै भन्सार बिन्दु र मुख्य शहरहरुमा प्रयोगशाला स्थापना हुनुपर्छ भन्ने मेरो संशोधन प्रस्ताव हो ।’

सांसद गौतमले बुँदा नम्बर ३६ मा पनि संशोधन चाहेकी छिन् । उनले भनिन्, ‘बाँझो जमीनका बारेमा अलिकति कुरा राखिएको रैछ । जसमा म थप्न चाहन्छु ।’

उनले १३९ बुँदा मा रहेको बाँझोपन तथा निःसन्तानको बारेमा उनले भनिन्, ‘बाँझोपनको सवालमा अहिले कृत्रिम प्रणालीहरु अपनाएर धेरै बच्चाहरु जन्माउने प्रचलन पनि बढिरहेको छ । यसको सवालमा एउटा सेन्ट्रलाइज डेटा हुनुपर्छ । किनभने स्पर्म डोनेशन र एग डोनेशनका कुराहरु निकै संवेदनशील भएर आएका छन् । यसको सवालमा एउटा केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ जस्तो लाग्छ ।

प्रस्तावको भिडियो हेर्नुस् –

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ