arrow

आईपीएलको प्लेअफ समीकरण पूरा, मुम्बई पुग्यो, बेंगलोर बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
shubman-gill-vijay-shankar-ipl-gujrat.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ भने रोयल च्यालेन्सर्ज बेंगलोर बाहिरिएको छ ।  

आइतबारको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई हराएर प्लेअफमा बलियो बनेको भए पनि निर्णय भने लिग चरणको अन्तिम खेलबाटै भएको हो । 

अन्तिम खेलमा आइतबार मध्यरातपछि बेंगलोर पराजित भएपछिमात्र मुम्बई प्लेअफमा पुगेको हो । 

खेल जितेको भए प्लेअफमा पुग्ने उक्त महत्वपूर्ण खेलमा बेंगलोर गुजरात टाइटान्ससँग ६ विकेटले पराजित भयो । 

पहिले ब्याटिङ गरेको बेंगलोरले ५ विकेटको क्षतिमा १९७ रन बनायो । विराट कोहलीले ६१ बलमा अविजित रहँदै १०१ रन बनाए । 

कोहली यो शतकसँगै आईपीएलमा सर्वाधित ७ शतक बनाउने पहिलो खेलाडीसमेत बनेका छन् । 

त्यस्तै कोहली लगातार दोस्रो शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि शिखर धवन र जोस बटलरले लगातार दुई शतक प्रहार गरेका थिए । 

जवाफमा गुजरातले १९.१ ओभरमा ४ विकेटको क्षतिमा जित हासिल गर्यो । शुबमन गिलले ५२ बलमा अविजित रहँदै १०४ रन बनाए । 

त्यस्तै विजय शंकरले ३५ बलमा ५३ रनको योगदान दिए । मोहम्मद सिराजले २ विकेट लिए । 

यो खेलपछि लिग चरण पनि सकिएको छ । गुजरात टाइटान्स शीर्ष स्थानमा रहँदै र चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका छन् । 

लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा रहँदै र मुम्बई इन्डियन्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ । 

अंक तालिका 
१० टोली सहभागी लिग चरणका सबै खेलबाट २० अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा रह्यो १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रह्यो ।   

१७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो तथा १६ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा रह्यो । 

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरको समान १४ अंक रह्यो । कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १२ अंक रह्यो ।

दिल्ली क्यापिटल्सको १० तथा पुछारको सनराइजर्स हैदराबादको ८ अंक रह्यो । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ