arrow

युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
Siddhicharan shrestha.hamrakura.jpg

काठमाडौं । आजदेखि युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ । त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइँला, प्रज्ञाऔप्रतिष्ठानका कुलपति भुपाल राई, काठमाडौँ क्षेत्र नं ८ का सङ्घीय सांसद विराजभक्त श्रेष्ठ, नेपाली साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो ।

गुठीका अध्यक्ष सुवर्ण शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री किरातीले १९९७ सालमा युगकविले क्रान्तिविना शान्ति हँुदैन भन्ने कविता लेखेबापत १८ वर्ष जेलजीवन बिताएको उल्लेख गरे । नेपाली राजनीतिमा परिवर्तन ल्याउन उनको भूमिकाको कदर गर्न अझै कमी भएको मन्त्री किरातीको भनाइ थियो । 

“युगकवि जस्तै आजको युगले अर्काे साहित्यकार मागिरहेको छ”, उनले भने ।  युगकवि श्रेष्ठको जन्म १९९७ जेठ ९ गते भए पनि उनको जन्मजयन्तीलाई आजदेखि तीन दिनसम्म मनाइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ