arrow

समृद्ध राष्ट्र बनाउनका लागि समाज समृद्ध हुन आवश्यक : सांसद परियार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
Jiwan Pariyar.jpg

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले मुलुक समृद्ध बनाउन समाजमा भएका सबै वर्ग र समुदायको हकहित कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।  

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा नेता परियारले मानिसले बाँच्न पाउने कुरा सबैभन्दा ठूलो भएको उल्लेख गर्दै त्यसका लागि सबैले आर्थिक तथा सामाजिक क्रान्ति गरी मुलुकको समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए ।

“सबैले मिलेर मुलुकको आर्थिक क्रान्ति गर्नेमा ध्यान दिनुपर्छ”, उनले भने, “स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षाजस्ता आधारभूत कुराको ग्यारेन्टी गर्नुपर्छ ।” 

कृषिमा आश्रितको हातमा जमिन नभएको उल्लेख गर्दै सांसद परियारले त्यस विषयमा राज्यले ध्यान दिनुपर्ने र नेपाली नागरिकलाई ‘एक घर, एक धारा’को योजना बनाई स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने बताए ।

विदेश जानेलाई स्वदेशमै राजगारीको सिर्जना गर्ने र पोखरालाई पर्यटकीय राजधानीका रुपमा व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ