arrow

जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
nepal-cricket-2023-03-16.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनाश बोहरा रहेका छन् ।

नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बावेमा हुने छनोट प्रतियोगितामा नेपालसहित १० टिमको सहभागीता रहनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ