arrow

रातो मत्स्येन्द्रनाथको रथयात्रा जारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
rato macchindranth.jpg

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल तानिएको छ । सोमबार दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेल तानिएको हो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पती, शान्ति समृद्धि लगायत सबैकुरा मागे पनि मेरोरूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरु बताउँछन् ।

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ ।

यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा  समापन हुन्छ ।

पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुआत गराइएको किंवदन्ती छ ।

IMG_7145.jpg
IMG_7106.jpg
IMG_6969.jpg
IMG_7027.jpg
IMG_7081.jpg
IMG_7064.jpg
IMG_7166.jpg
IMG_7078.jpg
IMG_7173.jpg
IMG_7021.jpg
IMG_7171.jpg
IMG_7107.jpg
IMG_7102.jpg
IMG_7177.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ