arrow

शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्दै राष्ट्रपतिले दिए बुढामगरलाई बधाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
hari-budhamagar-president-.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई हार्दिक बधाइ दिएका छन् । राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी पुत्री अवज्ञा पौडेलले आज यहाँ आयोजित कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरे । 

ब्रिटिश गोर्खा सेनामा कार्यरत रहँंदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेको विश्व कीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेछ भन्ने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गरेका छन् । 

“घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयपानलाई सहज एवम् सरल बनाउँदै सगरमाथा आरोहणजस्तो दुरुह तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईँंको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो”, राष्ट्रपति पौडेलको सो सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ