दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका-३ जामिरमा सिलिण्डरको ग्यास लिक भएर आगलागी हुँदा एक वृद्ध जलेर गम्भीर घाइते भएका छन् ।
बिहानै ग्यास चुल्होमा चिया पकाउने क्रममा आगलागी हुँदा ८० वर्षीय अमर सिंह ठगुन्ना जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
ठगुन्नाको खुट्टा, टाउको र हात जलेको बताइएको छ ।
शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका ठगुन्नाको अहिले गोकुलेश्वर अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ । अवस्था गम्भीर रहेकाले अस्पतालले काठमाण्डौ रेफर गर्ने तयारी गरेको छ ।