arrow

काभा भलिबलको सेमिफाइनलमा नेपालले काजखस्तानसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
kava-volleyball-nepal-bangladesh.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्दैछ । 

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजखस्तानसँग खेल्न लागेको हो । काजखस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

बुधवारको खेलमा नेपालले पहिलो सेटमा १२–२५, दोस्रो सेटमा २४–२६, तेस्रो  सेट २५–२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै भारतसँग पराजित भएर समूह उपविजेता बनेको हो भने समूह बी को खेलमा काजखस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

समूह एको उपविजेता नेपाल र समूह बीको विजेता कााखस्तानबिचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ