arrow

एमालेलाई माओवादीको जवाफ - भ्रष्टाचार भइरहेका विषयवस्तुहरूलाई छानबिन गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
hitraj.JPG

काठमाडौं ।   सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचार भइरहेका विषयवस्तुहरूलाई छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधि सभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसद्मा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् । 

उनले संसदलाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषयवस्तु उठाउनु नहुने बताए । उनले सार्वभौम संसद्मा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै सांसदलाई व्यवस्थित रूपमा लैजानुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामी यो संसद्मा छौँ, सांसदलाई व्यवस्थित रूपमा अघि बढाउने कुरा गरिरहेका छौँ । हामीले यही सांसदलाई अघि बढाउने, आफ्ना कुरा संसद्मा राख्ने भन्यौँ, त्यही अनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ, प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद हो, सार्वभौम संसद्मा बोल्न, विषयवस्तु राख्न पाइन्छ । आफ्ना आफ्ना कुरा राख्न मिल्छन् । यसलाई व्यवस्थित रूपमा लगियोस् । यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरूलाई छानबिन गर्नुपर्छ ।’

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद चल्न नदिने अडान लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ