arrow

नेपाल काभा भलिबलको सेमिफाइनलबाटै बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
kava-volleyball-nepal-kazakhastan-semifinal-2023.jpg

काठमाडौं । नेपालको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको उपाधिमाथि ह्याट्रिक गर्ने सपना चकनाचुर भएको छ । नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा नेपाल कागखस्तानसँग ३–२ ले पराजित भयो । २–१ ले अग्रता लिएको नेपालले त्यसपछि लगातार दुई सेट गुमाएको थियो । 

नेपालले यसअघि पहिलो सेट गुमाएको भए पनि त्यसपछिका दुई सेट जितेको थियो । तर जसरी दुई सेट जित्यो त्यसरी नै दुई सेट गुमाएर फाइनल पुग्नबाट वञ्चित भयो । 

नेपाल २८–३०, २५–१६, २५–१५,  १८–२५ र ७–१५ ले पराजित भयो । 

प्रतियोगिताको फाइनलमा भारत र काजखस्तान भिड्ने छन् । सेमिफाइनलमा भारतले शुक्रबारै उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । 

दुई पटकको च्याम्पियन नेपालले अब तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । तेस्रो स्थान र फाइनलका खेलहरु आइतबार हुनेछन् ।

नेपालले यसअघि सहभागिता जनाएको प्रतियोगितामा भारत र काजखस्तानको भने सहभागिता रहेको थिएन । काजखस्तानको यो युवा टोली हो । 

जारी प्रतियोगिताको समूह चरणमा नेपाल भारतसँग पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ