arrow

सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
Mahendra man gurung.jpg

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम भएको बताएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना आयोगको सहयोगमा आजदेखि राजधानीमा सुरु गरको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले शासन पद्धतिलाई जिम्मेवार बनाउन सूचनाको हकसम्बन्धी कानुनको महत्वपूर्ण भूमिका रहने बताए ।

विभिन्न संस्थाको पहलमा आएको सूचनाको हकसम्बन्धी कानुनले नागरिकको सुसूचित हुने अधिकार सुरक्षित गरी भ्रष्टाचार नियन्त्रणमा सहयोग गरेको प्रमुख आयुक्त गुरुङको भनाइ थियो । नागरिकलाई सबै निकायमा सूचना माग्ने अधिकार रहेकाले त्यसको उपयोग सबैले गर्नुपर्नेमा उनले जोड दिए ।

महासङ्घका अध्यक्ष उमिद बागचन्दले प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशका २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

प्रशिक्षार्थीले तालिमपछि देशभर सूचनाको हकसम्बन्धी चेतना जगाउँदै अभियानका रूपमा जागरणमूलक प्रशिक्षण दिने उनको भनाइ थियो । तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ