arrow

उपाधिका लागि गुजरात–चेन्नई भिड्दै, यस्तो हुनेछ समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
ipl-gujarat-chennai-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनल खेल आज हुँदैछ । 

उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटान्स भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजे गुजरातको नरेन्द्र मोदी स्टेडियममा हुँदैछ । 

समीकरण–
गुजरातका लागि यो लगातार दोस्रो उपाधि जित्ने राम्रो अवसरसमेत हुनेछ । अर्कातर्फ यो मैदानमा गुजरातले अहिलेसम्म यो मैदानमा ९ खेल खेलेको छ । जसमा ६ मा जित र ३ मा हार बेहोरेको छ । 

यता चेन्नईका लागि भने यो मैदान बिर्सनयोग्य मैदान हो । अहिलेसम्म ३ खेल खेलेको चेन्नईले ३ वटै खेल हारेको छ । 

यो मैदानलाई पहिले सरदार पटेल स्टेडियम, मोटेराको नामले जानिन्थ्यो । 

गुजरातले अहिलेसम्म यो सिजनमा १६ खेल खेलेकामा ११ खेल जित्दा ५ खेलमात्र हारेको छ । 

चेन्नईविरुद्ध चार विदेशी खेलाडी लिएर गुजरात उत्रने छ । डेभिड मिलर, राशिद खान, नुर अहमद र जोसुवा लिटिल हुन सक्छन् । त्यस्तै मोहम्मद शमी, भुबमन गिल र कप्तान हार्दिक पाण्डेया आफैँमा सशक्त छन् । 

शुबमनले तीन शतकसहित ८५१ रन बनाएका छन् । शमीले २८ विकेट लिएका छन् भने राशिदले २७ विकेट लिएका छन् । 

मोहित शर्माले २४ विकेट लिएका छन् भने हार्दिकले ३२५ रन बनाएका छन् । 

चार पटकको च्याम्पियन महेन्द्र सिंह धोनीको कप्तानीको चेन्नई सफल टिममा पर्छ । मुम्बई इन्डियन्सपछि चेन्नई सबैभन्दा सफल टिम हो । 

चेन्नई १४ मा १२ सिजन प्लेअफमा पुगेको छ । १० पटक फाइनल खेलेको छ । यो सिजनमा खेलेका १५ मध्ये ९ मा जित र ५ मा हार भोगेको छ । एक खेल वर्षाले रद्द भएको थियो । 

चेन्नईका डेवोन कान्वेले ६२५ रन बनाएका छन् । ऋतुराज गायकवाडले ५६४ रन बनाएका छन् । अजिन्क्या रहानेले २९९ रन बनाएका छन् । 

त्यस्तै तुषार देशपान्डेले २१ विकेट लिएका छन् । 

हेड टु हेडमा अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन पटक गुजरातले जित्दा एक खेल चेन्नईले जितेको छ । 

पिच रिपोर्ट–
यो स्टेडियमको पिच ब्याटरका लागि राम्रो मानिन्छ । पहिलो क्वालिफायर चेन्नईको एमए चिदम्बरम मैदानमा भएको थियो । त्यो मैदानको ब्याटिङबाट औसत १६० देखि १७० रन बन्दै आएको छ । त्यहाँ बलरलाई फाइदा हुन्थ्यो । 

तर फाइनल हुने नरेन्द्र मोदी स्टेडियम ब्याटर बेस्ड हो । यो मैदानमा ८ खेल खेलिसकिएको छ । जसमा गुजरातले ५ मा जित र ३ मा हार बेहोरेको छ । 

यो मैदानमा गुजरात र चेन्नईबीच एक खेल भएको छ जहाँ गुजरातले बाजी मारेको थियो । 

आजको फाइनल खेल हुँदै गर्दा मौसमले खासै असर नपार्ने बताइन्छ । बिहान बादल लागेको छ । 

दिउँसो हावा चल्नेछ । वर्षाको सम्भावना २ प्रतिशत रहेको अनुमान गरिएको छ । 

तापक्रम २७ देखि ३९ डिग्री सेल्सियस रहेको अनुमान छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 

१६ औं संस्करण जिते चेन्नईले मुम्बईसँग बराबरी गर्नेछ । गुजरातले जिते लगातार दोस्रो उपाधि जित्ने कीर्तिमान बनाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ