arrow

काभा भलिबलमा नेपाललाई तेस्रो स्थान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
kava-volleyball-nepal-uz.jpg

काठमाडौं । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ । आइतबार भएको तेस्रो स्थानको भिडन्तमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्यो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा नेपाल ३–१ ले जित्न सफल भएको हो । 

नेपाल २०–२५, २५–१६, २५–१५ र २५–१३ को सेटमा विजयी भएको हो । 

आठ टोलीले सहभागीता जनाएको प्रतियोगिताको उपाधिका लागि फाइनलमा भारत र काजकिस्तान खेल्दै छन् । 

सेमिफाइनलमा नेपाल काजखस्तानसँग र पराजित भएको थियो । भारतले उज्वेकिस्तानलाई हराएको थियो । 

यसअघिका दुवै संस्करण नेपालले जितको थियो । तर असअघिका प्रतियोगितामा भारत र काजखस्तान थिएनन् । 

 आठ टिममध्ये श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ