arrow

मन्त्रिपरिषदबाट बजेट पारित, अर्थमन्त्री संसदमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prakashsharan-mahat-budget-2080-02-15.jpg

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको छ । 

सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

 सरकारले स्वीकृत गरेसँगै अब बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । 

हरेक वर्ष १५ जेठमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । महत संसद भवन पुगिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ