सरकारी निकायका पुराना र प्रयोग विहीन सवारीसाधन ६ महिनाभित्र लिलामी गर्ने
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
902
Shares
काठमाडौँ।सरकारी निकायमा रहेका पुराना र प्रयोग विहीन सवारीसाधन लगायतका सामानहरू ६ महिनाभित्र लिलामी गरिसक्ने भएको छ। सोमवार आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो बताएका हुन्। उनले सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरबन्दी भन्दा बढी सङ्ख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेको पन बताए।
उनले भने, ‘सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरबन्दी भन्दा बढी सङ्ख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेको छु। सरकारी निकायमा रहेका पुराना र प्रयोग विहीन सवारीसाधन लगायतका सामानहरू ६ महिनाभित्र लिलामी गरिनेछ।’