arrow

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि कोष स्थापनार्थ एक अर्ब विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prakash-shran-mahata-finance-minister-budget-2080.jpg

काठमाडौँ। सरकारले सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवर्द्धन र आविष्कारमा खर्च गर्ने नीति लिने भएको छ।

सोमवार आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताए। उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको बताए। उनले कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गर्ने बताए। 

उनले सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन, आविष्कार समेतका कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिने बताए। उनले प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिनेछ। नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाई स्थापना गरिने बताए।

उनले उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौँमा इनोभेसन सेन्टर स्थापना गर्ने बताए।

उनले भने, ‘सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवर्द्धन र आविष्कारमा खर्च गर्ने नीति लिइनेछ। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको छु। कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गरिनेछ।

सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन, आविष्कार समेतका कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिनेछ। प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिनेछ। नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाई स्थापना गरिनेछ।

मुलुकमा नवप्रद्र्धन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्ट अफ इकोसिस्टम विकास गरिनेछ। उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौँमा इनोभेसन सेन्टर स्थापना गरिनेछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ