arrow

सय रुपैयाँमै पूँजी घोषणा गरेर कम्पनी खोल्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prakashsharan-mahat-budget-2080.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिने बताएका छन् । 

बजेट भाषण गर्दै उनले नयाँ कम्पनी दर्ता गर्दा लाग्दै आएको शुल्क अबदेखि कुनै शुल्क र दस्तुर नलाग्ने व्यवस्था गरेको बताए । 

अर्थमन्त्री महतले न्यूनतम एक सय रूपैयाँ अधिकृत पूँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने बताए । 

उनले अनलाइनबाट कम्पनी दर्ता र खारेजी गर्न सकिने बताए । उनले स्टार्टअप इकोसिस्टम विकास गरिने बताए । 

उनले वैदेशिक लगानीलाई पनि प्रोतसाहन गरिने बताए । 

उनले सरकारले कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवद्र्धन र आविष्कारमा खर्च गर्ने नीति लिने बताए । उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको बताए । 

उनले प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने बताए । उनले नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाई स्थापना गरिने पनि बताए । 

उनले उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौंमा इनोभेसन सेन्टर स्थापना गर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ