arrow

नारायणगढ–बुटबल सडक विस्तारलाई ३१ अर्ब २ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
Butwal-narayanghat-road.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । 

नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला–ढल्केवर–पथलैया, बुटवल–गोरूसिङ्गे, काकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको छ।

नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू उनले बताएका छन् । पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि  ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन्।

नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए। दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ