arrow

सहरी विकासमा ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
Urban-ministry-nepal.jpeg

काठमाडौँ। सरकारले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८०-८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्। सरकारले सहरी विकास मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्षको भन्दा बजेट बढाएर झन्डै दोब्बर पुर्‍याएको छ।

अर्थमन्त्री महतले मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करिब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको बताए। उनले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका सुकुम्वासी बसोबास हटाइने बताए। उनले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनधिकृत
बसोबास हटाइने बताए।

उनले सङ्घीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए। उनले भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको बताए। उहाँले स्थानीय तहका पालिकाकाहरूको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताए। उनले लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ