कोशीमा पुनर्विचार गर्न कांग्रेस जिल्ला सभापतिहरुको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
1.5k
Shares
काठमाडौं । नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिहरुले प्रदेशको नामबारे जनता आन्दोलित भएको भन्दै पार्टीले साहसिक निर्णय लिनुपर्ने बताएका छन् ।
उनीहरुले सामूहिक पत्र जारी गर्दै जनता आन्दोलित भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वीपीको नाम लिँदै नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनु पर्ने बताएका हुन् ।
सात दशकअघि नै वीपी कोइरालाले समावेशीकरण र पहिचानको पक्षमा नेपाली कांग्रेसलाई दृढतासाथ उभ्याएको भन्दै अहिले पनि कांग्रेसले दृढ भएर निर्णय गर्नुपर्ने उनीहरुको माग छ ।
उनीहरुले वार्ताबाट समाधान खोज्न जोडदार मागसमेत गरेका छन् ।