arrow

बजेटले थिचेको शेयर बजार, दुई दिनमा ९१ अंकको गिरावट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
nepse-stock-share-down-bear.jpg

काठमाडौं । संघीय सरकारले बजेट भाषण गरेपछि लगातार शेयर बजारमा गिरावट आएको छ । त्यतिमात्र हैन उच्च विन्दूले नै घटेको छ । बजेट सोमबार सार्वजनिक भएको थियो । मंगलबार ५३ अंक घटेको थियो । बुधबार ३८.८३ अंक घटेको छ । दुई दिनमा नेप्से ९१ अंक घटिसकेको छ । 

बुधबार कुल २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो । मंगलबार २ अर्ब ३४ करोडको भएको थियो । कुल १६ कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो । बजारका सबै उपसमूह घटेका छन् । 

बैंकिङ १८, विकास बैंक ७०, फाइनान्स ३४, होटल तथा पर्यटन १२५, जलविद्युत् ६१, जीवन बीमा २२८, उत्पादन १७२, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २२२, अन्य २० र ब्यापार उपसमूह ३५ अंक घटे ।

शेयर लगानीकर्ताहरुले घोषित बजेटको आय विवरण बुझाउनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन् । जसकै कारणले अहिले शेयरमा निराशा छाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ