arrow

पाकिस्तान : प्रहरीले स्कुल भ्यानमा गोली चलाउँदा बालिकाको मृत्यु

logo
एजेन्सी,
प्रकाशित २०८० जेठ ३ बुधबार
pakistan-flag.jpg

स्वात। स्वातको सांगोटा क्षेत्रमा विद्यालयबाहिर तैनाथ प्रहरीले भ्यानमा अचानक गोली चलाउँदा एक विद्यार्थीको मृत्यु भएको छ भने शिक्षकसहित अन्य ६ जना घाइते भएका छन्।

आलम खान भनेर चिनिने प्रहरी एक निजी विद्यालयको अगाडि ड्युटीमा थिए जब विद्यार्थीहरू कक्षा सकिएर बाहिर निस्किएपछि उनले भ्यानमा गोली चलाए।

प्रहरीले अभियुक्तलाई पक्राउ गरे पनि अपराधको कारण भने खुल्न सकेको छैन। प्रहरीका अनुसार आक्रमणको अनुसन्धान सुरु गरिएको छ।

मृत्यु हुनेमा सात वर्षीया आइशा रहेकी छन् भने १६ वर्षीया इशाल, ९ वर्षीया रोमा, वजिहा, होरैन, हरिम र र ३५ वर्षीया शिक्षिका नाहिदा घाइते भएकी छन्। 

सञ्चारमाध्यमसँग कुरा गर्दै जिल्ला प्रहरी अधिकृत शफिउल्लाह गण्डापुरले घटना लगत्तै शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको बताए।

उनले भने, ‘विशेष अनुसन्धान टोली गठन गरिएको छ र दोषीलाई कडा कानुनी कारबाही गरिने म सबैलाई आश्वासन दिन्छु।'

सलामपुर क्षेत्रका शङ्कास्पद व्यक्ति २०२२ मा विशेष बलमा भर्ना भएदेखि नै प्रहरी सेवामा छन्। उनी प्रहरी बलबाट दुई पटक निलम्बित भई २०२२ मा पुनर्बहाली भएका थिए। उनी विगत तीन महिनादेखि विद्यालयमा सुरक्षा ड्युटीमा थिए।

क्षेत्रीय प्रहरी अधिकारी, मलाकन्द डिभिजन र स्वात डीपीओले सैदु शरीफ शिक्षण अस्पतालको भ्रमण गरेर घाइते बालबालिका र शिक्षकको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनीहरूले घाइतेहरूको उपचारका लागि अस्पताल व्यवस्थापनलाई निर्देशन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ