arrow

पुटिन र बेलोभालाई पक्राउ नगर्न परराष्ट्रलाई दूतावासको पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
putin- TASS HOST PHOTO AGENCY.jpg
तस्बिर – फाइल ।

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी बालबालिका सम्बन्धी प्रतिष्ठानमा काम गर्ने आयुक्तलाई पक्राउ नगर्न काठमाडौंस्थित रुसी राजदूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ । 

दूतावासले लेखेको पत्रमा रुसी राष्ट्रपति पुटिन र रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभाको नेपाल भ्रमणका क्रममा पक्राउ नगर्न मन्त्रालयलाई अनुरोध गरिएको हो । 

इन्टरपोल लगाएर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी–इन्टरनेशनल क्रिमिनल कोर्ट) ले पक्राउ गर्न सक्ने भन्दै दूतावासले मन्त्रालयलाई पत्र लेखेको हो । 

मन्त्रालय स्रोतका अनुसार पत्र लेखिएको भए पनि यसबारेमा मन्त्रालयले केही सोचेको छैन । अर्कातर्फ पुटिन नेपाल आउने सम्भावना तत्काल नरहेको मन्त्रालय स्रोत बताउँछ । 

तर बेलोभाका सम्बन्धमा भने यसै भन्न नसकिने स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘बेलोभा आउन पनि सक्छिन् ।’

किन पक्राउ गर्न चाहन्छ आईसीसी पुटिन र आनलाई ? 
युद्ध अपराधको आरोपमा आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

गत मार्चमा पुटिनसँगै बेलोभा लगायतलाई पक्राउ पुर्जी जारी गरिएको हो । अदालतले उनीमाथि युक्रेनबाट बालबालिकालाई गैरकानूनी रुपमा रुसमा पुर्याइएको लगायत युद्ध अपराधका लागि जिम्मेदार रहेको आरोप लगाएको छ । 

आईसीसीले उक्त अपराध युक्रेनमा कम्तीमा २४ फेब्रुअरी २०२२ देखि भएको जनाएको छ । 

सोही दिनदेखि रुसले युक्रेनमाथि पूर्णरुपले आक्रमण थालेको थियो । यो आक्रमण अझैसम्म रोकिएको छैन । 

रुसी विदेश मन्त्रालयले भने यो पक्राउ पुर्जी अर्थहीन भएको बताएको छ । यद्यपि रुसी दूतावासले मन्त्रालयलाई पठाएको पत्रले भने संशय कायम छ भन्ने स्पष्ट गर्छ । 

हुनत पक्राउ पुर्जी जारी भए पनि आईसीसीसँग सन्दिग्धलाई गिरफ्तार गर्ने कुनै शक्ति छैन । अदालत स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरिएका देशहरुमा मात्र उसले आफ्नो अधिकारको प्रयोग गर्न सक्छ । 

रुस आईसीसी सम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता हैन । त्यसले गर्दा पनि रुसबाट सुपुर्दगी हुने सम्भावना छैन । 

पुटिन र आना आईसीसीसँग सम्झौता गरेका देशहरुमा आएका बेलामा पक्राउ पर्न सक्ने सम्भावना हुन्छ । 

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) नेदरल्यान्ड्सको हेगमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ