arrow

अत्यधिक गर्मी भएकाले सतर्कता अपनाउन अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो  देशका  पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू(भागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भू(भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हिजो काठमाडौँको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको थियो । केही दिनदेखि ३२ डिग्रीभन्दा माथि नै देखिने गरेको छ । न्यूनतम तापक्रम १८ डिग्री रहेको थियो । 

सबैभन्दा बढी भैरहवा र सिमरामा समान ४०.५ डिग्री सेल्सियस रहेको थियो । न्यूनतम तापक्रम सबैभन्दा बढी धरानमा २५.८ डिग्री रह्यो । त्यस्तै विराटनगरमा २४.५ डिग्री रह्यो । भैरहवामा २३ डिग्री रह्यो । 

अधिकतम तापक्रम सबैभन्दा कम जिरीमा २५.४ तथा न्यूनतम तापक्रम सबैभन्दा कम जिरीमै ११.९ डिग्री रह्यो । हिजो पोखरा, जुम्ला, डडेलधुरा र दिपायलमा फाटफुट वर्षा भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ