arrow

बजेटमाथि आजदेखि संसद्‌मा छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
parliament-nepal-samsad.PNG
तस्बिर – फाइल ।

काठमाडौं । संघीय संसदका दुवै सदनमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ । छलफलका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्दैछ । 

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल शुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत छ ।

संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए ।

एमालेले विरोध गर्ने 
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने बजेटको विरोध गर्ने नीति बनाएको छ । जसरी नीति तथा कार्यक्रममाथि विरोध गरेको थियो त्यसरी नै बजेटमाथि पनि एमालेले विरोध गर्ने भएको छ । 

सांसदहरुले खरो प्रतिपक्षको भूमिका अब देखिने भनी घुर्कीसमेत दिइरहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएको छ भने राप्रपाका सांसदहरु भने बजेटमा विभाजित छन् । प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट राम्रो आएको प्रतिक्रिया दिएका छन् भने अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गर्ने कुनै आधार नभएको बताएका छन् । 

समग्रमा सत्ता बाहिर बसेका दलहरुले यो बजेटलाई कर्मकाण्डी भनिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ