arrow

रेल दुर्घटनामा घाइतेको संख्या ११ सय पुग्यो, पन्छाउने काम जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
trains-crash-odisha-2023-06-03.jpg

काठमाडौं । हिजो भारतको पूर्वी राज्य उडिसामा भयानक रेल दुर्घटना भएको थियो । रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ भने पछिल्लो अपडेटमा घाइतेको संख्या १ हजार ९१ पुगेको छ । 

उडिसामा दुई यात्रुवाहक रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा खुलाउन तीव्र गतिमा काम भइरहेको छ । तर ट्र्याकबाट अझै रेल आवागमन सुरु हुन सकेको छैन । अहिले पनि रेल दुर्घटनाका कारण क्षतिग्रस्त बोगीको भग्नावशेष ट्र्याकमा फैलिएको छ । जसको हटाउने काम भइरहेको छ । 

दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ भने ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ भने १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको छ ।

ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो । 

दक्षिण पूर्वी रेलवेले जारी गरेको विज्ञप्तिमा दुर्घटना र राहत कार्यसँगै पुनर्स्थापना कार्यको अवस्थाबारे पनि स्पष्ट पारिएको छ । पल्टिने र पटरीबाट खसेका सबै २१ वटा डिब्बा ग्राउन्ड गरिएको आधिकारिक रूपमा खुलासा भएको छ ।  दुर्घटनाको कारण पत्ता लगाउन छानबिन शुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ