arrow

सबैभन्दा बढी गर्मी भैरहवामा, कहाँ कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
weather-2022-evergreen.jpg

काठमाडौं । गर्मी निकै बढेको छ । तराईमा लू चल्ने सम्भावना एकदमै भएकाले सरकारले सचेतना अपनाउन आग्रह गरेको छ । 

आइतबार सबैभन्दा बढी गर्मी भैरहवामा भयो । त्यहाँको अधिकतम तापक्रम ४०.८ डिग्री सेल्सियस रह्यो । 

त्यस्तै सिमरामा ४०.७, नेपालगञ्जमा ४०.५ र जनकपुरमा पनि ४०.५ डिग्री सेल्सियस तापक्रम रह्यो । त्यस्तै विराटनगरमा ४०, धनगढीमा ३९.२, वीरेन्द्रनगरमा ३८.५, धरानमा ३८.३, दिपायलमा ३७.८ र घोराहीमा ३७.६ डिग्री सेल्सियस तापक्रम रह्यो । 

त्यस्तै काठमाडौं उपत्यकामा ३२ डिग्री रह्यो । लगातार दोस्रो दिन ३२ डिग्री रहेको हो । सबैभन्दा कम अधिकतम तापक्रम भने जिरीमा २५.१ डिग्री रह्यो । 

न्यूनतम तापक्रममा अधिकतम धरानमा २६.५, जनकपुरमा २६.२, विराटनगरमा २५.६ भैरहवामा २४.९ तथा सिमरा, घोराही र  नेपालगञ्जमा समान २३ डिग्री सेल्सियस तापक्रम रह्यो । 

गर्मी अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ