arrow

आकाशमा बादल : दुई दिनको तुलनामा गर्मी केही कम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
kathmandu-weather-2080.jpg

काठमाडौं ।  हाल राजधानी काठमाडौं उपत्यकाको आकाशमा बादल लागेको छ । काठमाडौंको तापक्रम बढेपनि पछिल्लो दुई दिनको तुलनामा गर्मी केही कम महशुस गरिएको छ ।

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    
हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

 महाशाखाको विवरमा आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाका अनुसार एकसातादेखि देशका अधिकांश भू-भागको तापक्रम वृद्धि भएकाले गर्मी बढेको छ । तराईका अधिकांश भू-भागमा तापक्रम लू चलिरहेको छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद्हरुको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ