arrow

गर्मीले बेहाल 

सिमराले भैरहवालाई उछिन्यो, विराटनगरको न्यूनतम तापक्रम नै २७ डिग्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौं । गर्मीले देशैभरको जनजीवन अस्तव्यस्त भएको छ । सोमबार सबैभन्दा बढी गर्मी सिमरामा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । केही स्थानमा फाटफुट वर्षा भएको भए पनि अधिकांश स्थानमा गर्मीले अस्तव्यस्त पारेको छ । 

सिमरामा ४१ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यसअघि केही दिनदेखि भैरहवामा सबैभन्दा बढी तापक्रम रहेको थियो । 

सोमबार भने भैरहवामा ३९.८ डिग्री रहेको छ । त्यस्तै जनकपुरमा ४०.६, नेपालगञ्ज्मा ३९.७, वीरेन्द्रनगरमा ३७.५ तथा विराटनगरमा ३८.४ अनि धरानमा ३७ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा ३१.५ डिग्री रहेको छ । 

अधिकतममा सबैभन्दा कम जिरीमा २५.८ डिग्री रहेको  छ । न्यूनतममा सबैभन्दा बढी विराटनगरमा रहेको छ । विराटनगरमा २७ डिग्री रहेको छ । त्यस्तै जनकपुरमा २६.८, धरानमा २६.५, नेपालगञ्जमा २६.५ तथा भैरहवामा २६ डिग्री सेल्सियस रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ