arrow

घृणाले प्रेरित राजनीतिक नेतृत्वको उदयले सिखहरूमा त्रास : रिपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
punjab-citizen-sikhs.jpg

पञ्जाब। हिंसात्मक र घृणाबाट सञ्चालित राजनीतिक नेतृत्वको उदयले सिखहरूलाई उनीहरूको मातृभूमिभन्दा बाहिर पनि शङ्काको छाया पर्न थालेको खालसा भोक्सका लागि हरचरण सिंह परहरले आफ्नो लेखमा उल्लेख गरेका छन्।

परहरले विगत ४० देखि ५० वर्षमा सिखहरूले आफ्नो कडा परिश्रम र प्रतिभाले विदेशमा उच्च सम्मानित स्थान पाएको पनि बताएका छन्। दुर्भाग्यवश, यी उपलब्धिहरू अब असहमति रोप्ने मनसायका कार्यहरूले ओझेलमा परेका छन्।

सन् १९८५ को जुनमा एयर इन्डियाको विमान घटनासँग सम्बन्धित सिखहरूमाथि लागेको आतङ्कवादको दाग अझै मेटिएको छैन र गुरुद्वारा हरूमा पैसाको बक्स र नियन्त्रणलाई लिएर दिनहुँ झगडा, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गुण्डागर्दी, सिख युवाहरू लागू औषध तस्करीमा फस्नु, गिरोहमा मारिने घटनाहरू बढ्दै गएका छन्। 

युद्ध, राजनीतिमा अनैतिक र असंवैधानिक प्रवेश, र आप्रवासन धोखाधडीले सम्पूर्ण समुदायमा त्रासको स्थिति पैदा गरेको छ। यी मानिसहरूले केही समयदेखि अभिव्यक्ति स्वतन्त्रताको नाममा आम जनताको आवाज दबाइरहेको पनि उनले आफ्नो लेखमा उल्लेख गरेका छन्। 

सामाजिक सञ्जालमा धम्की, अश्लील भाषा, गाली र चरित्र हत्याको प्रयोग गरी मानिसहरूलाई आफ्नो मनको कुरा गर्नबाट रोक लगाइने गरिएको पनि खालसा भोक्स लेखमा उल्लेख छ।

सिख विद्वान अजमेर सिंहले आफ्नो एउटा भिडियोमा अमृतपाल सिंह एक ट्रोल आर्मीमा संलग्न रहेको उल्लेख गरेका छन्, जसले मानिसहरूलाई माथि उल्लिखित कार्यहरूबाट उत्पीडित गरिरहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ