arrow

गलायो गर्मीले

गर्मीले पाक्यो मुलुक, भैरहवा र जनकपुर शीर्षमा, काठमाडौंको न्यूनतम नै २० डिग्री 

तराईमा लू बढेपछि विद्यालयहरु बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
children-hot-day-swimming.jpg
तस्बिर – सुनसरीको इनरुवा–९ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा पौडी खेल्दै स्थानीय बालबालिका, रासस ।

काठमाडौं । मुलुकभर गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । गर्मीमा हुने रोगसमेत बढ्दै गइरहेको पाइएको छ । तराईका जिल्लामा उच्च तापक्रमले गर्दा लू नै चलिरहेको छ । 

लूका कारण उच्च तापक्रम भएका अधिकांश जिल्लामा विद्यालयहरु बन्द गरिएका छन् । तराईमा गत साताको शुक्रबारदेखि नै लू लागिरहेको हो । यो क्रम अझै चार पाँच दिनसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

डडेलधुरामा वर्षा भएको छ भने अन्य स्थानमा गर्मी बढेको छ । 

शुक्रबार सबैभन्दा बढी भैरहवा र जनकपुरमा गर्मी भएको छ । त्यहाँको अधिकतम तापक्रम समान ४२.५ डिग्री रहेको छ । सिमरामा ४२.२, नेपालगञ्जमा ४१.५, धनगढीमा ४०.५, दिपायलमा ३९.४, विरेन्द्रनगरमा ३९.४, विराटनगरमा ३६.६ र धरानमा ३५.८ डिग्री रहेको छ । 

न्यूनतम तापक्रमसमेत बढेको छ । जनकपुरमा सबैभन्दा बढी २९.२, धरानमा २८.८, विराटनगरमा २७.५, भैरहवामा २५.५, नेपालगञ्जमा २५.५ डिग्री सेल्सियस रहेको छ । 

काठमाडौं उपत्यकामा पनि गर्मी निकै बढेको छ । अधिकतम तापक्रम ३२.३ डिग्री पुगेको छ । बिहीबार भने ३२.८ डिग्री रहेको थियो । तर बुधबार ३२.१ डिग्री रहेको थियो । न्यूनतम तापक्रमसमेत बढेर २० डिग्री पुगेको छ । जबकि बिहीबार न्यूनतम तापक्रम १८.८ डिग्री सेल्सियस रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ