arrow

माछापुच्छ्रे बैङ्क र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
mbl-kfc-outlet-mou.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क र केएफसी आउटलेट बीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। केएफसी आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रालिबाट सञ्चालित रहेको छ। जस अन्तर्गत केएफसी, क्रीमबेल र पिज्जा हट आउटलेटहरू सञ्चालनमा छन्।

सम्झौता अनुसार  माछापुच्छ्रे बैङ्कका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रालिमा आबद्ध भएका केएफसी, क्रीमबेल र पिज्जा हट आउटलेटहरू मार्फत खानाका परिकारहरू अर्डर गर्दा  बैङ्कको विभिन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएस मार्फत डेबिट-क्रेडिट कार्ड प्रयोग गरी  डिजिटल भुक्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढीमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन्। बैङ्कले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना ज्येष्ठ २५ देखि असार २६ गते,२०८० सम्म प्रदान गर्ने जनाएको छ।

बैङ्कले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्यका साथ ग्रिन बैङ्किङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन  तथा सेवाहरू सञ्चालन गरिरहेको छ।

यसरी नै माछापुच्छ्रे बैङ्क लिले देशभर रहेका विभिन्न सङ्घसंस्था तथा व्यापार व्यवसाय सँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ। यस प्रकारको सम्झौताले गर्दा  ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ।

माछापुच्छ्रे बैङ्क लिले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैङ्किङ सेवा, २०४ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।



नयाँ