arrow

विनोद चौधरी भन्छन् – विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
binod-chaudhary.jpg
तस्बिर – फाइल ।

नवलपरासी । नेपाली कांग्रेसका सांसद एवं केन्द्रीय सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन् ।

उनले विकासलाई राजनीतिक रंग दिन नहुने भन्दै गुण र दोषका आधारमा आफूले हेर्ने गरेको प्रष्ट पारे । शुक्रबार नवलपरासीको बर्दघाट नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता चौधरीले विकास निर्माणका क्रममा आफूले राजनीतिक दलहरुलाई समान नजरले हेर्ने गरेको प्रष्ट्याए ।

‘मेरो आँखाका अगाडि विकासको कुरा गर्दा सबै समान छन् । यो दल, त्यो दल भन्दैन,’ उनले भने, ‘विकासका योजनालाई गुण र दोषका आधारमा मात्रै देख्छौं । त्यसका बारेमा हामी लागिरहेका छौं र लागिरहनेछौं ।’ नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले आफूले क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरिरहेको बताए ।

 ‘केही दिनअघि लुम्बिनी प्रदेशको राजधानी दाङ पुगेँ । यो क्षेत्रका विकासका योजनाहरु मुख्यमन्त्री र अर्थमन्त्रीलाई संयुक्त रुपमा बुझाएँ । उहाँहरुले पनि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘संघीय बजेटमा के–कस्ता कार्यक्रम पार्न सकिन्छ, दातृ निकायबाट कसरी सहयोग लिन सकिन्छ ? विनियोजित परियोजनामा लगानीको कमी नहोस् भनेर स्थानीय तहसहित सबै तहका सरकारसँग काम गरिरहेका छौं । म आफ्नो जिम्मेवारीबाट पन्छिएको छैन ।’ उनले चुनावी प्रतिवद्धता अनुसार काम गर्न इमानदारीपूर्वक सक्रिय रहेको उल्लेख गरे ।

नवलपरासी १ का सबै पालिकाको समान विकासमा आफ्नो जोड रहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ