arrow

भन्दा चालू खर्च घटाउने, गर्दाखेरी बढाएर बजेट प्रस्तुत भएको छ :  विष्णु पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
bishnu-poudel-finance-minister-2079-2023-parliament.jpg

काठमाडौं ।  नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार आफैँले चालू खर्च कटौती गर्ने प्रतिबद्धता विपरीत आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैँले गरेको घोषणा विपरीत रहेको बताए ।

उनले भने, ‘बजेट वक्तव्यमा उच्च स्वरमा चालु खर्च घटाउने भनियो । चालु आर्थिक वर्षको चालु खर्चको संशोधित अनुमान १० खर्व ४४ अर्ब छ । आगामी आर्थिक वर्षको चालू खर्च ११ खर्व ४१ अर्ब प्रस्ताव गरिएको छ । अर्थात् चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालू खर्च ९७ अर्बले बढी छ ।

 उनले सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको बताए । त्यसैगरी पुँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले औँल्याए ।

उनले थपे,' यसरी चालू खर्च घटाउने दाबीलाई बजेट स्वयमले खण्डन गरेको छ सभामुख महोदय । भन्दा चालू खर्च घटाउने भन्ने र गर्दाखेरीमा चालू खर्च बढाएर बजेट प्रस्तुत भएको छ । त्यसैगरी चालू आर्थिक वर्षका लागि पुँजीगत खर्च ३ खर्व ८० अर्ब ३८ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि ३ खर्व २ अर्ब ७ करोड विनियोजन गरिएको छ ।' 

 उनले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पुँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असङ्गत रहेको दावी गरे ।   'चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पुँजीगत विनियोजन ७८ अर्ब ३१ करोडले कम छ सभामुख महोदय । यसको अर्थ के हो भने चालू खर्च घटाउँछु भनेको बढाउने र पुँजीगत खर्च बढाउँछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ सभामुख महोदय । बजेटमा जे बोलिएको छ । र, बजेट जसरी प्रस्तुत भएको छ । यो असङ्गत छ सभामुख महोदय ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ