arrow

थाली बजाएर प्रदर्शन, असार १ देखि विद्यालय बन्दको चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
thali.JPG

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको बानेश्वरमा उनीहरूले थाली बजाएर सरकारको विरोध गरेका हुन् । 

उनीहरूले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरूलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएको हो । 

विरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गङ्गाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलबमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भई विरोध गर्नुपरेको बताए । 

उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकाका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए । उनले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्ने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ