arrow

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
kp oli pokhara.jpg
तस्वीर फाइल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन्  ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आज अवलोकनपछि उनले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।

“हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास भएको देश हो । यी सबै कुरा हाम्रा सम्पदा हुन्”, उनले भने, “कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौँ । त्यति शिक्षा पनि लिन सक्दछौँ ।”

अध्यक्ष ओलीले देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको उल्लेख गर्दै कलाको सिर्जना र प्रर्दशनीले अरुलाई पनि इतिहास बुझ्न सजिलो हुने बताए । 

उनले कलाले पुरानो प्रचलन, चलन, चाडपर्वबारे जानकारी गराउने भएकाले कला पुरानो समाजको अव्यक्त खालको इतिहास रहेको भनाइ राखे । 

प्रतिष्ठानको आयोजनामा यही जेठ १५ गतेदेखि सुरु भएको कला प्रदर्शनी बबरमहलस्थित परिषद्मा लोक कला, परम्परागत थान्का पौभा, मूर्तिकला दुई सयभन्दा कलाकार कलाकृति रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिए । 

प्रतिष्ठानले नक्साल प्रतिष्ठानको परिसर र बबरमहलस्थित परिषद्मा भइरहेको कला प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ