arrow

राजनीतिलाई सफा नगरीकन यो देशमा परिवर्तन गर्न सकिँदैन : गृहमन्त्री (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
narayankali-sh.JPG

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन्।  आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको उल्लेख गरे । उनले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए । 

उनले भने, ‘लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर हामीले लडेर लोकतन्त्र ल्यायौँ । यति धेरै लोकतन्त्रका निम्ति सङ्घर्ष भएको देश पनि कमै छन् । ६ दशक निरन्तर सङ्घर्ष, एक पटक थोरै परिवर्तन, फेरि प्रतिगमन, फेरि परिवर्तनका लागि हामीले सङ्घर्ष गरेका थियौँ । 

उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने स्पष्ट पारे । 

'लोकतन्त्रपछि पनि जति जनतालाई डेलिभरी दिनुपर्ने हो त्यो हुन सकेन । आजको समस्या त्यो हो । यो राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने नेतृत्वको कमजोरी हो । त्यो कमजोरी पोलिटिक्समा छ । राजनीतिलाई सफा नगरीकन यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ । राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने की बरबाद गर्ने भन्ने यसमै निहित छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ